back

जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ बर्षमा निधन

काठमाडौँ । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उनको निधन भएको पुष्टि गरेका हुन् ।

उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनियाका कारणले उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो ।

जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

“राष्ट्रको अभिभावकको रुपमा रहनु भएका प्रथम राष्ट्रपति काउन्डाको निधनको खबरले म स्तब्ध भएको छ, यो दुःखद समयमा म उहाँको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु,,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

राष्ट्रपति लुँगुले प्रथम राष्ट्रपति काउन्डालाई अफ्रिकी क्षेत्रकै अनुकरणीय व्यक्तित्वको रुपमा चर्चा पनि गरेका छन् ।

जाम्बिया बेलायती उपनिवेशबाट मुक्त भएपछि उनी सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् ।

सन् १९५० को दशकमा भएको बेलायती उपनिवेश विरुद्धको आन्दोलनमा उनी प्रमुख आन्दोलनकारी नेताका रुपमा सक्रिय रहेका थिए । आन्दोलन सफल भएपछि सन् १९६४ मा सुरु भएको उहाँको राष्ट्रपतिको कार्यकाल भने सन् १९९१ सम्म रहेको थियो ।

२०७८ असार ४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...