back

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे ।

उनका अनुसार, यस्तो गतिविधिले आर्थिक मात्र नभई राजनीतिक संस्थाहरूमाथि समेत गम्भीर प्रभाव पारेको छ । उनले भने,‘विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ । १५–१६ अर्ब रुपैयाँ जनताको पैसाको दुरुपयोग गरेर बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरिएको अवस्था थियो ।’ अर्थमन्त्री डा.वाग्लेले त्यस्ता समूहले राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गरेको उल्लेख गर्दै देशका आर्थिक र राजनीतिक संस्थाहरू कमजोर बनाइएको टिप्पणी गरे ।

उनले हालको परिवर्तनलाई ‘जेन–जी आन्दोलन’को परिणामका रूपमा व्याख्या गर्दै त्यसले मुलुकलाई सम्भावित गलत दिशाबाट जोगाएको दाबी गरे । साथै, सरकार अब पूर्ण रूपमा सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाइ थियो । ‘पहिलो वर्ष सुशासन, त्यसपछि विकास निर्माण स्वतः अघि बढ्ने आधार तयार गर्ने सरकारको रणनीति हो,’ उनले प्रधानमन्त्रीको धारणा उद्धृत गर्दै बताए । अर्थमन्त्री डा.वाग्लेले नेपालका पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे ।

उनले स्टक एक्सचेन्ज पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए । सरकारले आगामी बजेटमार्फत पुँजी बजार सुधारलाई थप ठोस रूपमा अघि बढाउने तयारी गरेको पनि उनले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

वि.सं.२०८३ वैशाख २२ मंगलवार २०:३४

काठमाडौ‌ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने...