back
himalayan life

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

काठमाडौं । नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ । पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो।

यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता, संस्थागत व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने दीर्घकालीन रणनीतिक पहल भएको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

होटल पौवाले छोटो अवधिमै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपाली भाषा, संस्कृति र रैथाने खानाको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ। ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले स्वदेशी सोच र सामूहिक लगानीको आधारमा आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको छ।

अध्यक्ष भण्डारीले भने, ‘पछिल्लो सम्झौतामार्फत प्रमुख पर्यटकीय केन्द्रहरूमा आफ्नो पहुँच विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास लिएका छौं ।’

पौवाले आगामी दिनमा थप होटल व्यवस्थापन तथा सञ्चालनमार्फत आफ्नो ब्रान्डलाई अझ सुदृढ बनाउने योजना अघि सारेको छ।

गत चैत २५ गते १० वर्ष पुरा गरेको पौवाले ‘बितायौं बालापन’ अवधारणमा स्वाद उत्सव लगायतका विविध कार्यक्रम आयोजना गरेको थियो । आगामी दशकमा ‘मिसन १००’को लक्ष्य पुरा गर्ने उद्देश्य राखेको पौवाले नयाँ लगानीको स्रोत जुटाउन चैत २८ गते लगानी सम्मेलन समेत आयोजना गरेको थियो । यसअघि देशका विभिन्न स्थानमा पौवाका १७ वटा शाखा सञ्चालनमा छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३९

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...