back

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

भ्याटबाट २ खर्ब ६१ अर्ब ४१ करोड र आयकरबाट २ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्राप्त

nactional life

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो ।

संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा मूल्य अभिवृद्धि कर (भ्याट) बाट २ खर्ब ६१ अर्ब ४१ करोड र आयकरबाट २ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्राप्त भएको छ । चैत महिनामा मात्रै लक्ष्यको ९३ प्रतिशतभन्दा बढी राजस्व संकलन हुनुलाई सकारात्मक मानिएको छ । राजस्व संकलनमा सुधार देखिए पनि सरकारको विकास खर्च (पुँजीगत खर्च) को अवस्था भने निकै कमजोर देखिएको छ ।

चैत मसान्तसम्म विनियोजित पुँजीगत बजेटको जम्मा २३.५८ प्रतिशत अर्थात् ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा समेत न्यून हो । अर्कातर्फ, साधारण प्रकृतिको चालू खर्च भने ६३.३ प्रतिशत (७ खर्ब ४७ अर्ब ५२ करोड) पुगिसकेको छ । सरकारको कुल बजेट खर्च हालसम्म लक्ष्यको ५३.९७ प्रतिशत अर्थात् १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ पुगेको तथ्याङ्कले देखाउँछ ।

वैदेशिक अनुदान प्राप्तिमा पनि सरकार निकै पछाडि परेको छस वार्षिक लक्ष्यको जम्मा २९.२१ प्रतिशत मात्र अनुदान प्राप्त भएको छ । सरकारले पुँजीगत खर्च कम हुनुमा पछिल्लो समय मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि तथा अभावलाई पनि कारक मानेको छ ।

यही असहज परिस्थितिका कारण निर्माण गतिविधि प्रभावित हुँदा सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत खर्चको संशोधित अनुमान समेत घटाएको छ, जसले गर्दा यस वर्ष विकास निर्माणका कामहरू थप सुस्त हुने देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

वि.सं.२०८३ जेठ १७ आइतवार २१:०१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...