back

दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु

काठमाडौं । देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आज (बुधवार) देखि औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने गणक तथा सुपरीवेक्षकहरू देशभरि सम्बन्धित क्षेत्रमा खटिइसकेका छन् ।

निर्धारित कार्यतालिकाअनुसार आगामी असारको पहिलो साताभित्र स्थलगत तथ्यांक संकलन सम्पन्न गरिनेछ । यसका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ । यस गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा मुख्य सूचकहरू समेटिनेछन् ।

त्यसैगरी, देशभरि दर्ता भएका तथा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, स्वरोजगार र रोजगारी सिर्जना गर्ने संस्थाहरू, उद्योग–कलकारखाना, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, निजी तथा सरकारी विद्यालय र अस्पतालहरू समेत गणनाको दायरामा पर्नेछन् ।

आर्थिक गणनाका लागि आवश्यक पूर्वतयारी फागुन मसान्तसम्ममै सम्पन्न भइसकेको छ । चैतको सुरुवातमै ७७ जिल्लाका साथै थप ७ गरी कुल ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन् ।

यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभरि ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको थियो । देशको औद्योगिक तथा आर्थिक क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न महत्वपूर्ण मानिएको यस गणनामा सक्रिय सहभागिता जनाउन अर्थ मन्त्रालयले सबै सरोकारवालासँग आग्रह गरेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख २ बुधवार १७:३०

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

वि.सं.२०८३ वैशाख २ बुधवार १०:४७

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा...

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:५८

काठमाडौं । नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको...

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

वि.सं.२०८२ चैत २९ आइतवार २१:५९

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ...

अर्थमन्त्री वाग्लेको सम्पत्ति: ४ घर र करोडौँको जग्गा ​

अर्थमन्त्री वाग्लेको सम्पत्ति: ४ घर र करोडौँको जग्गा ​

वि.सं.२०८२ चैत २९ आइतवार २१:१५

काठमाडौँ। नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक...