back
himalayan life

बालेन नेतृत्वको सरकारलाई सेयर बजारको रातो कार्पेट, नेप्से परिसूचक ७१ अंकले घट्यो

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन पछि सेयर बजारमा उछाल आउने विश्वासमा रहेका लगानीकर्ताहरू निराश बनेका छन्। लगानीकर्ताहरू हतोत्साहित हुँदा सेयर बजारमा उच्च अंकको गिरावट आएको छ।  नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ।

पछिल्लो समय दैनिकजसो बढिरहेको नेप्से, यस दिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा उच्च अंकको करेक्सन भएको हो। आइतबार नेप्से परिसूचक ७१.०५ अंक घटेर २८७९.११ विन्दुमा झरेको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १२.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६० अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १३ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको १ लाख ९६ हजार १५८ पटकको कारोबारमा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँबराबरको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन आधा दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकर भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.१७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे ४८ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३८ प्रतिशत घटेको छ।

त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक ३ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...

नेप्से ८ महिनाकै न्यून विन्दुमा झरेपछि लगानीकर्ताद्वारा बोर्ड घेराउ, अध्यक्ष डा. भट्ट भन्छन्– ‘आजभोलिमै कार्ययोजना आउँछ’

नेप्से ८ महिनाकै न्यून विन्दुमा झरेपछि लगानीकर्ताद्वारा बोर्ड घेराउ, अध्यक्ष डा. भट्ट भन्छन्– ‘आजभोलिमै कार्ययोजना आउँछ’

वि.सं.२०८३ असार ३० मंगलवार १४:४८

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको दीगो...