back
himalayan life

बन्दीपुरको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक सामज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो ।

प्रत्येक स्थानीय तहले असार १५ गते गाउँ वा नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थानीय तह यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा छन् ।

गाउँपालिकाले संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण तथा बन्दीपुर गाउँपालिकाको एकीकृत विकास गुरुयोजना २०७६–२०९६ का दीर्घकालिन सोच, लक्ष्य तथा उद्देश्यसँग तादम्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।

सोही सम्बन्धमा जेठ २७ गतेभित्र सबैले गाउँपालिकालाई सुझाव दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । “गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ”, उनले भने, “सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।” बजेट, नीति तथा कार्यक्रममा सबैको अपनत्व कायम गर्न खोजिएको उनले बताए। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको आवश्यकता र मागका आधारमा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम बनाइने जानकारी दिए ।

स्वास्थ्य संस्थालाई दश लाख

अपाङ्गता भएका व्यक्तिको हितमा काम गर्दै आएको राष्ट्रिय एकीकृत विकास सङ्घ (निडा) ले तनहुँका चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले भानु नगरपालिकाको पुरनडिही नगर अस्पताल, बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पताल, शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भिमाद नगरपालिकाको भिमाद स्वास्थ्य केन्द्रलाई रु दश लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । निडा तनहुँकी दिना गोतामेका अनुसार कोभिड अस्थायी अस्पतालको रुपमा रहेको संस्थाहरुलाई प्रत्येकका लागि ६२ थान पिपिई, पाँच थान अक्सोमिटर र एक थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ । स्वास्थ्य सामग्रीको अभावमा विरामी र स्वास्थ्यकर्मीहरुले समस्या झेल्न नपारोस् भन्ने उदेश्यले सहयोग गरेको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिए। निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा गैर सरकारी संस्थाको रुपमा परिचालन हुँदै आएका छ । संस्थाले गोरखाको पालुङटारको आँपपिपल अस्पताल, लमजुङको नमुना सामुदायिक अस्पताल सुन्दर बजारलाई पनि सहयोग गरेको छ ।

२०७८ जेठ २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...