back
national life

प्राइम लाइफको १३ वर्ष पुरा, चुक्ता पूँजी २४२ करोड पुग्यो

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १३ वर्ष पुरा गरि १४ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी २०६५ जेष्ठ २२ गते देखि सञ्चालन आएर जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापीत गरेको हो ।
कम्पनीले वार्षिक उत्सवको अवसरमा आजै देखि लागु हुने गरी प्राइम शुभलाभ बीमा योजना” ल्याएको छ । यो योजनाले ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने विश्वास कम्पनीले लिएको छ ।
साथै कम्पनीले हाल १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएको छ । ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

कम्पनीले शेयरधनिहरुलाई विगत वर्षहरुदेखि राम्रो प्रतिफल दिंदै आइरहेको छ । कम्पनीले आ.व. २०७२÷७३ देखि शेयरधनिहरुलाई वितरण गरेको लाभांश (बोनश तथा नगद) को विवरण निम्न बमोजिम रहेको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।

शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराउनु भयो । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ ।

यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

२०७८ जेठ २२ गते प्रकाशित

national life
gaugauma singhadarbar

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने

वि.सं.२०८२ फागुन ३ आइतवार १०:११

काठमाडौं । आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम...

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

वि.सं.२०८२ फागुन ३ आइतवार १०:०६

काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व...

‘धेरै फलोर्स भए भन्दैमा चुनाव जितिन्छ भनेर बालेनले नसोचे हुन्छ’ : युवानेता सापकोटा

‘धेरै फलोर्स भए भन्दैमा चुनाव जितिन्छ भनेर बालेनले नसोचे हुन्छ’ : युवानेता सापकोटा

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:०८

काठमाडौं। नेकपा एमालेका युवा नेता तथा वागमति प्रदेश कमिटीका सल्लाहकार...

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

वि.सं.२०८२ फागुन १ शुक्रवार १७:१६

रामेछाप । नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै...

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

वि.सं.२०८२ फागुन १ शुक्रवार १६:५३

रौतहट । गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण...

युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

वि.सं.२०८२ फागुन १ शुक्रवार १६:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...