back

केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

काठमाडौं । सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो÷कालो मरिच आयात गर्न अनुमति दिएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो । अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो/कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ । यो व्यवस्था सम्बन्धी सूचना सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको छ ।

सूचनाअनुसार औद्योगिक प्रयोजनका लागि आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको विस्तृत जाँचबुझ गर्नुपर्नेछ । आयात गर्नुपर्ने कच्चा पदार्थको उपलब्धता, वास्तविक आवश्यकता, औचित्य र आवश्यक परिमाणको मूल्याङ्कन गर्नुका साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनमै प्रयोग भएको सुनिश्चित गर्नुपर्नेछ ।

उद्योग विभागले सम्बन्धित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएका मालवस्तु पैठारीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ स्थापना भएका उद्योगले उद्योग दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) दर्ताको प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि तथा चालू आर्थिक वर्षमा सञ्चालन र उत्पादन गर्ने लक्ष्यसम्बन्धी स्वघोषणा पेश गर्नुपर्नेछ ।

त्यसैगरी, विगतदेखि सञ्चालनमा रहेका उद्योगले उद्योग दर्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक पत्र, भ्याट र प्यान दर्ताको प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता र सञ्चालन अवस्थासम्बन्धी विवरण बुझाउनुपर्नेछ । पुराना उद्योगले चालू आवको सञ्चालन तथा उत्पादन लक्ष्यको स्वघोषणा, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, अघिल्लो आवमा कच्चा पदार्थ आयात गरेको भए त्यसको परिमाण, प्रयोगबाट भएको उत्पादन तथा बाँकी रहेको परिमाणसम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

वि.सं.२०८३ वैशाख १३ आइतवार १९:१३

काठमाडौं । काठमाडौं उपत्यकाको 'लाइफलाइन' मानिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आगामी वैशाख...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...