भाेलि शेयर बजार बन्द हुने, आरटीजीएस प्रणाली भने सञ्चालनमा रहने
वि.सं.२०८२ पुस ९ बुधवार
काठमाडौं । भाेलि शेयर बजार बन्द हुने भएकाे छ । सरकारले ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द रहने भएकाे हाे । अब शेयर बजार आइतबार मात्र खुला हुने छ।
क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएकाे छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।
२०८२ पुस १० गते बिहीबार इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए पनि बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार सो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय : १६:४४ बजे






















