back

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

nactional life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसअघि मंगलबारको बढ्दो क्रमलाई निरन्तरता दिँदै बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।

मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा यसदिन भने ३३४ स्टकको ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसदिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढेको छ । त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनी र हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । अधिकांश अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

त्यस्तै, यसदिन ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यसदिन यो कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज कारोबारमा आएका कम्पनी मध्ये कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ । सो कम्पनीको बुधबार १४ करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यस्तै, मञ्जुश्री फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

उपसमूहगत रुपमा हेर्दा १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन् ।

बाँकी उपसमूहमा भने गिरावट देखिएको छ । समग्रमा बजारमा सीमित सुधार देखिए पनि कारोबार रकम घटेकाले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको संकेत मिल्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...