back

कुलमान घिसिङले सार्वजनिक गरे १ सय दिनमा गरेका १ सय १ काम 

‘सय दिन सयमका हिसाबले छोटो भए तापनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौं छन्,’ उनले भने, ‘आलोचनबाट नडराइ, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु ।’

nactional life

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् । उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।

मन्त्री घिसिङले यसबीच आफूले जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको समेत बताए । ‘सय दिन सयमका हिसाबले छोटो भए तापनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौं छन्,’ उनले भने, ‘आलोचनबाट नडराइ, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु ।’

यसबीच आफूले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथिमकता दिएको उनले दाबी गरे ।मन्त्रालयमा बसेर होइन, विकास आयोजनाका वास्तविक समस्या बुझ्न निर्माणस्थलमै पुग्नुपर्छ भन्ने मान्यतासाथ फिल्डमै गएर आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीयसँग प्रत्यक्ष संवादको शैली अपनाएको समेत मन्त्री घिसिङको भनाइ छ । ‘अधुरा सडक एवं पुलका कारण दु:ख भोगिरहेका यात्रु, सिँचाइ अभावले खेत बाँझो राख्न बाध्य किसान लगायतको आवाज नजिकबाट सुन्ने र आयोजनालाई गति दिने प्रयास गरिएको छ,’ उनले भने, ‘एउटा पुल १४ वर्षसम्म पनि निर्माण हुन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन ।’

४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् ।

मन्त्री घिसिङले १ सय कामको सूचीमा ‘डेडिटेकेड’ तथा ‘ट्रंक’ लाइनको प्रिमियम बक्यौता किस्ताबन्दीमा असुल गर्न थालिएको राखेका छन् ।त्यस्तै मौसम सम्बन्धी विशेष बुलेटिन प्रकाशन यो सूचीमा राखिएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । अपर अरुण जलविद्युत् आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको विषय यो सूचीमा राखिएको छ ।

यसैगरी भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात भएको सूचीमा उल्लेख छ । भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ । त्यस्तै ४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् । बीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि सूचीमा राखिएको छ ।

यी हुन १ सय दिनमा गरेका १ सय १ काम 

 



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...