back

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

nactional life

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.६९ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.७० अंक, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेका छन् ।

अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो ।

आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर घटेको छ र ८ कम्पनीको शेयर स्थीर रहेको छ ।

यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसदिन कारोारमा आएका धेरै स्टकहरुको कारोबार नकारात्मक भएपनि बंष्गल हाइड्रोको शेयर मूल्य भने सबैभन्दा बढी ८.५१ प्रतिशतले घटेर प्रतिकित्ता ६०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा सागर डिस्टिलरी, नाग्दी ग्रप पावर, बन्दिपुर केबलकार र युनाइटेड मोदी हाइड्रोको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ । यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२१

काठमाडौँ । इलन मस्कको अन्तरिक्ष अनुसन्धान तथा स्याटेलाइट इन्टरनेट कम्पनी...

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०३

काठमाडौं । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र...