back

टिकटकमा ‘फायर च्यालेन्ज’ गर्न खोज्दा जलिन एक बालिका

काठमाडौँ । अमेरिकाको ओरेगनस्थित एक बालिका टिकटकमा फायर च्यालेन्जभिडियो बनाउँदा जलेकी छिन् । डेस्टिनी क्रेन नामकी १३ वर्षीया टिकटकमा फायर च्यालेन्ज भिडियो बनाउँने क्रममा जलेर अहिले आईसियूमा लगिएको हो ।

उनको घाँटी र पाखुरा नराम्रोसँग जलेको छ ।

बालिकाकी आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो खिच्दै थिइन् । त्यहीक्रममा आगलागीमा परिन् ।
डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घटना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् । ‘उनकी साथी चिच्चाइरहेकी थिइन् । उनी टिकटक बनाउँदै थिइन् ।’

आन्द्रियाको बुझाईमा उनकी बहिनीले एउटा त्यस्तो भिडियोको नक्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्पे्र गरिएको ठाउँमा मैनबत्तीको सहायताल आगो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आगोको रंग निलो देखिन्छ ।

‘बाथरुममा बिर्को लगाइएको अल्कोहलको बोतल, तथा लाइटर र भाँचिएको मैन भेटिएको छ,’ आद्रियाले भनिन्, ‘त्यसलाई देखेर हामी यस्तो निष्कर्षमा पुग्यौं ।’
पोटल्यान्ड फायर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उद्धार गरेको थियो । अनुसन्धान जारी रहेको टोलीले जनाएको छ । फायर फाइटर रब ग्यारीसनका अनुसार यस्ता च्यालेन्जे धेरैको जीवन जोखिममा पारेको छ । आगो लागेको सेकेन्डभरमै छाला जल्ने भएकाले आगोसँग नखेल्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।

२०७८ जेठ १६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०४

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध...

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:३६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर...