back

नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?

nactional life

काठमाडौं । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ ।

सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारणमध्ये एक विश्वबजारमै सुनको मूल्य बढ्नु हो । विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दा, जस्तै अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, वा मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ आकर्षित गर्छन् । सुनलाई ‘सेफ हेवन’ (सुरक्षित आश्रय) मानिने भएकाले यस्ता घटनामा यसको मूल्य आकस्मिक रूपमा बढ्छ ।
त्यसैगरी, नेपालले सुन आयात गर्ने क्रममा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ । डलर बलियो हुँदा रुपैयाँ कमजोर बन्छ, जसको सीधा असर सुनको मूल्यमा पर्छ । पछिल्ला वर्षहरूमा रुपैयाँ कमजोर बन्दै गएकोले आयातित सुनको मूल्य बढ्न गएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ निर्धारण गरिएको छ । आजभन्दा एक वर्ष अघि आजकै दिन अमेरिकी डलर एकको खरिदर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ रहेको थियो ।

अमेरिकी सरकारले विभिन्न देशलाई लगाएको ट्यारिफ वा व्यापार युद्धले गर्दा पनि नेपालमा त्यसको प्रभाव पर्न गई सुनको मूल्य बढीहरेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ ।
यसका साथै विश्वका विकसित मुलुकहरुले नै यतिबेला अमेरिकी डलरलाई रिजर्भ करेन्सीबाट हटाएर विकल्प खोज्न थालेकाले गर्दा त्यसको प्रत्यक्ष प्रभाव विश्वको अर्थमन्त्रमापर्न गई सुनको मूल्य निरन्तर उकालो लागिरहेको महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् ।

उनका अनुसार नेपालमा शेयर बजार अस्थिर छ भने बैंकमा लगानी गर्दा ब्याजदर अपेक्षाकृत कम छ । यस्तो अवस्थामा सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोज्छन् । यसले भित्री बजारमै माग बढाउँछ र मूल्य वृद्धि हुन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।...

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२०

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ...

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

वि.सं.२०८३ जेठ २५ सोमवार १४:२०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी...