back

पिपुल्स पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम पुवा २ जलविद्युत आयोजना निर्माणको लागि विभिन्न बैंकहरुसँग लिएको ऋणमध्ये केही रकम भुक्तानी गर्ने र बाँकी रहेको रकम पुवा २ जलविद्युत आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न र कम्पनीद्वारा प्रबद्र्धित अन्य आयोजनाको विकासमा लगानी गर्न प्रयोग गर्नेछ।

nactional life
Corporatebazar 11 Anniversary

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:१२

काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...