back

आजदेखि माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आज (साउन २६ गते) देखि आईपीओ निष्काशन गदैंछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २९ गते हुनेछ भने ढिलोमा भदौ ९ गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

nactional life
Corporatebazar 11 Anniversary

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:३३

काठमाडौँ । धितोपत्र बजारमा लगातारको उतारचढावबीच साताको तेस्रो कारोबार दिन...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...