back

३ हजार बिन्दुमाथि पुग्यो नेप्से परिसुचक

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३०.७६ अंकले बढेसँगै ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ । अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो । नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो ।

यस दिन कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ । सोमबार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।

यसदिन मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६२.७३ रुपैयाँले बढेर १७९०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७८.४० रुपैयाँले बढेर ८६२.७० रुपैयाँमा अन्तिम काराबार भएको छ । त्यसैगरी सान्भी इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६९.९० रुपैयाँले बढेर ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नाडेप लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ९३.०२ रुपैयाँले बढेर १०२३.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन समता घरेलु लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य १०८.०६ रुपैयाँले घटेर प्रतिकित्ता ११४८.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता १७.९९ रुपैयाँले घटेर ५९५.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, ग्रिनभेन्र्चस लिमिटेड, नेपाल रिइन्स्योरेन्स लिमिटेड, हिमालयन रिइन्स्योरेन्स र राधि जलविद्यूत कमपनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...