back

राष्ट्रिय योजना आयोग र यूएन इस्क्यापको सहआयोजनामा हुने राष्ट्रिय कार्यशालाको तयारी छलफल सम्पन्न

काठमाडौँ । आगामी जुन १६ र १७ दुई दिनसम्म कोशी प्रदेशको काँकरभिट्टामा   आयोजना हुने पूर्वी दक्षिण एसियामा व्यापार तथा यातायात अन्तर आबद्धता चुनौति र आगामी कार्यदिशा विषयक उपक्षेत्रीय कार्याशाला तथा  आगामी जुन १९ र २० मा काठमाडौंमा आयोजना हुने नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्न्ती ः नेपालको सहज स्तरोन्नती रणनीति चुनौति तथा आगामी कार्यदिशा विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशालाको आवश्यक तयारी सम्बन्धमा छलफल भएको छ ।

राष्ट्रिय योजना आयोग र युएन इस्क्यापको सह आयोजनामा गर्न लागिएको उक्त कार्यशालाको तयारी सम्बन्धमा शुक्रबार योजना आयोगमा छलफल भएको हो।

आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा बसेको तयारी बैठकमा आयोगका सदस्य सचिव सुमनराज अर्याल, शिक्षा मन्त्रालयका सचिव चुडामणी पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका  सचिव लक्ष्मी कुमारी बस्नेत  लगायत विभिन्न मन्त्रालयका सहसचिव र नीजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

छलफलमा दुईवटै कार्यशालालाई प्रभावकारी बनाउने र यसको लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग गर्ने, नेपाल सन् २०२६ मा अतिकम विकशित मुलुकबाट स्तरोन्नती गर्ने लक्ष्य अनुसार थप क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको र राष्ट्रिय योजना आयोग र सम्बन्धीत मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकता दिनु पर्नेमा छलफल भएको थियो ।

नेपाल भुटान बङगलादेश विचको व्यापार तथा पारावहन सहजिकरणको लागि काँकरभिट्टा पानीटयाङकी हुँदै फूलबारी बङगलाबन्द स्थलगत भ्रमण अध्ययन गर्ने  साथै सन २०२६ मा हुने स्तारोन्नतीको लागि व्यापार अन्तराष्ट्रिय सहायता परिचालन, आन्तरिक उत्पादकत्व अभिवृद्धि, वातावरण र विपद्व्यवस्थापन, उत्पादकत्व अभिवृद्धि लगायतको विषयमा थप कार्य गर्न आवश्यक भएकोले सो सम्बधमा पनि छलफल भएको र कार्यशालामा पनि सो विषयमा छलफल गर्ने बताइएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

लगानी बोर्डको एकल बिन्दु सेवा केन्द्र: लगानीकर्ताका लागि खुसीको खबर!

लगानी बोर्डको एकल बिन्दु सेवा केन्द्र: लगानीकर्ताका लागि खुसीको खबर!

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:२५

काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा...

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

वि.सं.२०८३ वैशाख १४ सोमवार १७:४४

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्र गम्भीर संरचनात्मक चुनौतीबाट गुज्रिरहेको ठहर...

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

वि.सं.२०८३ वैशाख १४ सोमवार १०:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...