६ कारोबार दिनको गिरावट पछि बढ्यो नेप्से: सेयर बजारमा हरियाली
वि.सं.२०८२ जेठ ५ सोमवार
सोमबार नेप्से परिसूचक १९.३० अंक बढेर २६२८.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।
आज १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२४ कम्पनीको १ करोड ६२ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
सबैभन्दा धेरै राधी विद्युत कम्पनी ५९ कराेड ७६ लाख बढीकाे काराेबार भएकाे हाे । यसैगरी, नेपाल रिइन्स्याेरेन्स कम्पनीकाे ५१ कराेड, हिमालयन रिइन्स्याेरेन्सकाे ४१ कराेड, न्याङदी पावर ग्रुपकाे २७ कराेड ३९ लाख र युनिभर्सल पावर कम्पनीकाे २४ कराेड ९३ लाख बढीकाे काराेबार भएकाे नेप्सेले जनाएकाे छ ।
आज चारवटा कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आज सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत घटेको छ।
प्रकाशित समय : १५:३४ बजे






















