विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल
वि.सं.२०८२ जेठ १ बिहीवार
काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)बीच सहकार्यका विषयमा छलफल भएको छ।
आयोगको सानो गौरचनस्थित कार्यालय बुधबार भएको इमान कार्यसमितिसँगको भेटवार्तामा दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको हो।
भेटमा आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले ऊर्जा क्षेत्रका समस्या र चुनौती विषयमा जानकारी गराउँदै त्यसको निराकरणका उपायका लागि आयोगले गरिरहेका प्रयासबारे प्रस्ट पारेका छन् । उनले मोनोप्सोनी मार्केटका कारण नेपालको ऊर्जा क्षेत्र थप फस्टाउन नसकेकाले निजी क्षेत्रलाई पनि प्रसारणमा पहुँच दिने पहल भइरहेको बताए ।
‘प्रसारणमा निजी क्षेत्रलाई पहुँच दिनुपर्छ,’ उनले भने, ‘पहिल्यै गर्नुपर्ने यो काम अहिले हामी गरिरहेका छौँ । अब हामी प्रसारणमा निजी क्षेत्रलाई पनि सहभागी गराउने गरी प्रणाली विकास गरिरहेका छौँ । प्रसारणमा पहुँच स्थापित भएपछि निजी क्षेत्रमा पनि एकखालको विश्वास बढेर जान्छ ।’
प्रकाशित समय : १३:२७ बजे





















