back

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निणर्य भएको जानकारी दिएका छन् ।
बुधबार लगानी वोर्डको ६२ औँ बैठक सम्पन्न भएपछि सञ्चारकर्मिहरुसँग कुरा गर्दै लगानी बोर्डका आयोजनाहरु नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, निकायहरु त्यसको साथ साथै प्रदेश सरकार स्थानीय तहसँग विभिन्न आयोजना सञ्चालन हुने निर्णय भएको बताएका हुन् ।

‘लगानी बोर्डमा लामो समयदेखि विभिन्न आयोजनाहरुको सूचिकृत रहेको कामलाई प्राथमिकीकरण गरी दोस्रो चरणमा लाने भन्ने विषयमा हामीले निणर्य गरेका छौ,’ उनले भने ।

उनले थप भने, ‘नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, निकायहरु त्यसको साथ साथै प्रदेश सरकार स्थानीय तहसँग विभिन्न आयोजना सञ्चालन हुने र कुन कुन आयोजना सार्वजानिक, निजी, साझेदारी मार्फत लैजाने भनि यसका विषयमा धारणा बनाउने र त्यसको लागि आयोजना बैंक बनाउने दृष्टिकोण पारित भएको छ ।’

अधिकृत ज्ञवालीले अर्थमन्त्रीको अध्यक्षतामा आयोजनाहरुको प्राथमिकीकरण गर्ने प्रस्ता पारित भएको भन्दै कर्णालीको जलविद्युतको आयोजना अगाडि बढाउने सन्दर्भमा महान्यायाधिवक्ताको कार्यलयको कानूनी राय लिने निर्णय भएको बताए ।

‘अर्थमन्त्रीको अध्यक्षतामा आयोजनाहरुको प्राथमिकीकरण गर्ने प्रस्ताव पारित भएको छ । लामो समयदेखि अल्झेर रहेको माथिल्लो कर्णालीको जलविद्युतको आयोजना अगाडि बढाउने सन्दर्भमा महान्यायाधिवक्ताको कार्यलयको कानूनी राय लिने निर्णय भएको छ । अहिलेको सार्वजानिक, निजी,साझेदारी खरिद प्रक्रिया स्पष्ट बनाएर लैजाने निर्देशिका लगायतका विषयमा छलफल गरेका छौ,’ उनले भने ।


प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

वि.सं.२०८२ जेठ २६ सोमवार १७:५२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको...

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०८

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल...

सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

वि.सं.२०८२ जेठ १८ आइतवार ११:३२

काठमाडौं । साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको...

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:२०

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास...

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:१८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वार्षिकोत्सवको तयारी...