back

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

nactional life

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले रामइश्वरी रायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

संघका केन्द्रीय महासचिव शम्भु बरालका अनुसार शनिबार र आइतबार भएको अधिवेशनले कार्यसमितिको उपाध्यक्ष (महिला) मा प्रतिज्ञा बैद्य, सचिवमा मन्जित यादव, सह–सचिवमा डम्बरनारायण यादव र राजनारायण यादव र कोषाध्यक्षमा विमल जोशीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा सरिता परियार, सुजनदास पटेल, कविता बस्नेत, शेष अरिफ, गणेशकुमार यादव निर्वाचित भएका छन् । बाँकी ४ जना सदस्य कार्यसमितिले पछि मनोनीत गÞर्ने जनाइएको छ ।

प्रदेशका ८ जिल्लाका अध्यक्ष भनें प्रदेश समितिको पदेन सदस्य रहने छन् । स्थानीय तह कर्मचारी संघ, नेपालको मधेश प्रदेश र सर्लाही जिल्ला अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल थिए । विशेष अतिथिका रुपमा स्थानीय तह कर्मचारी संघ, नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव बराललगायत थिए ।
त्यस्तै सर्लाही जिल्लाको चौथो अधिवेशन पनि आइतबारै सम्पन्न भएको छ । संघको सर्लाही जिल्ला अधिवेशनले रामध्यान राय अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष (महिला) मा शिक्षा न्यौपानेलाई चयन गरेको छ ।

त्यसैगरी सचिवमा चन्द्रेश्वर यादव, सहसचिवमा सुरेश सहनी, कोषाध्यक्षमा अबधेस झा चयन भएका छन् । सदस्यहरुमा रुपेशप्रसाद यादव, अशोक गुप्ता, सीताराम पाण्डे, उपेन्द्र महतो, देवनारायण शाह र रामचन्द्र राय चयन भएका छन् ।

‘राजनैतिक अधिकारसहितको ट्रेड युनियन अधिकार, संघीयतामा अधिकारसम्पन्न संवैधानिक स्थानीय सरकार’ भन्ने मूलनाराका साथ संघको स्थापना भएको हो । संस्थाले आफूसँग सरोकार रहेको विविध विषयमा पटक पटक अन्तरक्रिया तथा छलफलसमेत गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

वि.सं.२०८३ जेठ ६ बुधवार १५:४३

दैलेख। दैलेखको जलजले क्षेत्रमा जमिनमुनि लुकेको प्राकृतिक ग्यासको महाभण्डारले नेपालको...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...