back

शैक्षिक परामर्श व्यवसायीलाई आधारहीन आरोप नलगाउन इक्यानको आग्रह

दक्षिण कोरियास्थित नेपाली दूतावासको पत्रप्रति आपत्ति

काठमाडौं । शैक्षिक परामर्श व्यवासीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले दक्षिण कोरियास्थित नेपाली दूतावासको पत्रमा व्यक्त दृष्टिकोणप्रति आपत्ति जनाएको छ ।

इक्यानले विद्यार्थीको शैक्षिक हकको संरक्षण गर्न र एन्ओसी नरोकिने सुनिश्चितता गर्न पनि माग गरेको छ । इक्यानले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै नेपाली शैक्षिक परामर्श व्यवसायीमाथि आधारहीन आरोप नलगाउन, एकपक्षीय र पूर्वाग्रही टिप्पणी नगर्न आग्रह गरेको छ । इक्यानले विज्ञप्तीमा भनेको छ ‘ दक्षिण कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा गत वैशाख १७ गते पठाएको पत्र र त्यसको आधारमा परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई गत वैशाख १९ मा लेखेको पत्रप्रति गम्भीर चासो व्यक्त गर्दछ । उक्त पत्रहरूमा दक्षिण कोरियाको डी टु र डी फोर भिसा प्रक्रियामा देखिएका चुनौतीलाई लिएर नेपाली शैक्षिक परामर्श व्यवसायमाथि आधारहीन, एकपक्षीय र पूर्वाग्रही टिप्पणी गरिएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासको पत्रमा परामर्श संस्थाहरूलाई ‘झुटा आश्वासन दिने’, ‘विद्यार्थीलाई ब्रेनवास गर्ने’, ‘कोरियाली समाजमा घुलमिल हुन नसक्ने विद्यार्थी पठाउने’ र ‘ब्ल्याकमेल तथा मानसिक समस्या निम्त्याउने’ जस्ता गम्भीर, अतिरञ्जित र प्रमाणविहीन आरोप लगाइएको छ । यस्तो भाषा कूटनीतिक मर्यादा र सरकारी निकायको जवाफदेही मापदण्डसँग मेल खाँदैन । ’

इक्यान यस्ता अभिव्यक्तिलाई गम्भीर आपत्तिजनक मान्छ र यसले समग्र शैक्षिक परामर्श व्यवसायको मर्यादा र विश्वसनीयतामाथि ठूलो आघात पुर्याएको ठान्छ । शैक्षिक परामर्श व्यवसाय हजारौं मेहनती विद्यार्थी, अभिभावक र सरकारद्वारा मान्यता प्राप्त संरचनामा आधारित छ । इक्यानका सदस्य संस्थाहरू विगत तीन दशकदेखि सरकारले स्वीकृत गरेको आचारसंहिता र नीतिगत दिशानिर्देश अनुसार काम गर्दै आएका छन् । हाम्रा संस्थाहरूले विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरूसँग समन्वय गरी नेपाली विद्यार्थीलाई गुणस्तरीय, पारदर्शी र सुरक्षित शैक्षिक सेवा प्रदान गर्न समर्पित छन् । दक्षिण कोरिया एक आकर्षक शैक्षिक गन्तव्यको रूपमा स्थापित हुँदैछ र यससँग जोडिएका केही व्यवस्थापकीय वा प्राविधिक चुनौती देखिएका छन् ।

तर यस्ता समस्याको समाधान पूर्वाग्रहपूर्ण आरोप होइन, समन्वय, संवाद र प्रभावकारी नियमनबाट खोजिनुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ ।

हामी स्पष्ट रूपमा भन्छौंः यदि कुनै संस्था वा व्यक्ति दोषी छन् भने उनीहरूलाई कानुनबमोजिम कारबाही गरिनुपर्छ । इक्यान यस्ता गलत कार्य गर्ने संस्थाविरुद्ध कारबाहीमा पूर्ण सहयोग गर्न तयार छ ।

तर, केही अपवादका आधारमा सम्पूर्ण परामर्श व्यवसायलाई बदनाम गर्ने, शैक्षिक परामर्शलाई अपराधसँग जोड्ने र विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको बाटो बन्द गर्ने प्रयास अत्यन्त आपत्तिजनक र गैरजिम्मेवार छ । यस सन्दर्भमा, हामी शिक्षा मन्त्रालयसँग विशेष अनुरोध गर्दछौ ।’

विज्ञप्तीमा इक्यानले भनेको छ–
क) दक्षिण कोरियासँग सम्बन्धित समस्याको नाममा एनओसी (नो अब्जेक्सन सर्छिफिकेट) रोक्ने कार्य तुरुन्त बन्द गरियोस् । पर्याप्त छलफल र तथ्यगत आधारबिना एन्ओसी रोक्दा विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पर्छ ।

ख) शैक्षिक परामर्श संस्था र शिक्षा मन्त्रालयबीच समन्वय गरी पारदर्शी प्रक्रिया स्थापना गरियोस् जसले नेपाली विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने अधिकार सुरक्षित राखोस् ।

नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्ने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक हो । यो अधिकारमाथि अनावश्यक अवरोध सिर्जना गर्नु संविधान, मानव अधिकार र समावेशी शैक्षिक नीतिको उल्लंघन हो ।

इक्यान विद्यार्थी र अभिभावकलाई सूचित, जिम्मेवार र सचेत बनाउने कार्यमा निरन्तर सक्रिय छ । हामी विद्यार्थी, अभिभावक, नीति निर्माता, नियामक निकाय र कूटनीतिक संस्थाहरूसँग सशक्त संवाद र सहकार्यबाट समाधान खोज्न प्रतिबद्ध छौं । हामी परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र दक्षिण कोरियास्थित नेपाली दूतावाससँग पुनः आग्रह गर्दछौं।

क) यस्ता संवेदनशील विषयमा अभिव्यक्ति दिँदा तथ्य, प्रमाण र सहकार्यलाई प्राथमिकता दिइयोस् ।
ख) एकपक्षीय आरोप र पूर्वाग्रहको सट्टा सहभागितामूलक र तथ्यमा आधारित नीति निर्माणबाट दीर्घकालीन समाधान खोजियोस् ।

‘इक्यान नेपाल सरकार, कोरियाली विश्वविद्यालय र सम्बन्धित नियामक निकायसँग सहकार्य गर्दै लाखौं नेपाली विद्यार्थीको शैक्षिक सपनालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सधैं अग्रसर रहने छ’ इक्यानका अध्यक्ष शेषराज भट्टराइद्धारा प्रकाशित विज्ञप्तीमा भनिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...