back

निजि विद्यालय पठनपाठनमा व्यस्त: सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा मस्त

रामेछाप । नजिकैका संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी झोला बोकेर स्कुल जाँदै गर्दा रामेछापको सबैभन्दा धेरै विद्यार्थी भएको मन्थली माध्यमिक विद्यालयको गेट बन्द छ । विद्यालयमा पढ्ने जाने विद्यार्थी र बच्चालाई पु¥याउन जाने अभिभावकको भीडभाड छ तर सामुदायिक विद्यालय गेटदेखि नै सुनसान छ । कुनै चहलपहल छैन । मौनता अनि शून्यता मात्रै छ ।

नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालयका शिक्षक–कर्मचारीहरू विद्यालय नै बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा गएपछि मन्थली मावि मात्र होइन रामेछाप र देशभरिकै सबै सामूदायिक विद्यालय अहिले बन्द छन् । विद्यालय बन्द हुँदा नयाँ शैक्षिक सत्रको कुनैपनि गतिविधि सुरु हुन सकेको छैन् ।

नयाँ वर्ष लागेसँगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु हुनुपर्ने हो । विद्यार्थी भर्न गर्नको लागि अभिभावकलाई सम्झाउनु पर्ने शिक्षकहरू यतिबेला आफ्ना सेवा सुविधाको विषयलाई लिएर सरकारलाई सम्झाउन काठमाडौं केन्द्रित आन्दोलनमा छन् । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना लगायतका कुनै गतिविधि हुन सकेका छैनन् ।

शैक्षिक क्यालेण्डर अनुसार बैशाख ७ गतेबाट त पठन पाठन नै सुरु हुनु पर्ने हो तर आन्दोलनमा गएका शिक्षकहरू कहिले विद्यालय फर्कने हुन् ठेगान छैन । संस्थागत विद्यालयमा धमाधम पढाइ सुरु हुँदा पनि विद्यालय नै नखुलेपछि सामुदायिक विद्यालयका विद्यार्थी र अभिभाव अन्यौलमा परेका छन् । आर्थिक हैसियत राम्रै भएका अभिभावकले छोराछोरीलाई संस्थागत विद्यालयमा पठाउन सुरु गरेका छन् । आर्थिक रूपमा कमजोर अभिभावक र विद्यार्थीलाई भने शिक्षक कहिले फर्कने हुन् भनेर पर्खनुको विकल्प छैन ।

कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र सञ्चालनको कुरा मात्र होइन शिक्षक आन्दोलनको कारण ११ र १२ कक्षा समेत प्रभावित भएका छन् । शिक्षक आन्दोलन जारी रहेको अवस्थामा यही बैशाख ११ गतेबाट हुने भनिएको कक्षा १२ परीक्षा हुने कि नहुने भन्ने अन्यौलता छाएको छ ।

अझ कक्षा ११ का परीक्षाको मुखमा पुगेको विद्यार्थीहरूको पढाइ रोकिएको छ । जेठ महिनामा हुने ११ कक्षाको परीक्षाको तयारीमा रहेका विद्यार्थीको पढाइ रोकिँदा विद्यार्थीहरू तनावमा परेका छन् ।
‘सरहरू आन्दोलन गर्न काठमाडौं जानुभएको छ, जेठमा परीक्षा हुने भनेको छ, हाम्रो त कोर्स पनि सकिएको छैन, सरहरू कहिले फर्कने र कक्षा सुरु हुने हो ठेगान छैन्’, मन्थली माविमा ११ कक्षामा पढ्ने एण्ड्रिसा घिमिरेले बताइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...