back

भारतीय विद्युतमन्त्री नेपाल आउँदै: अरुण-३ को अवलोकन गर्ने

काठमाडौं। भारतीय विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण-३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउन लागेका हुन् ।

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको बताइएको छ ।

आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण-३ को अवलोकन गर्न पुग्ने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।

विशेष गरी ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ ।

यस्तै, उनले ९ गते नै अरुण-३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किने छन् । सोही दिन ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेशन संयुक्त रूपमा उद्घाटन गर्ने छन् ।

यसैगरी दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ । वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गरी नेपाली मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने एसजेवीएनले जानकारी दिएको छ ।

एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा भइरहेको छ । अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

वि.सं.२०८३ असार २६ शुक्रवार ११:५८

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु...

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...