back

आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वर्ट जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु आन्दोलनमा रहेकोबेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन् ।

जनकपुरधामस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख दयाराम राईका अनुसार केन्द्रिय कार्यालयबाट प्राप्त निर्देशन अनुसार परीक्षा निर्धारित समयमै हुनेगरी काम भइरहेको छ ।

उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरु सम्पूर्ण परीक्षा केन्द्रहरुमा पुगिसकेको र विद्यार्थीहरुको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिए । केन्द्रिय कार्यालयबाट परीक्षा स्थगित भएको भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएकाले आफूहरुले परीक्षा तोकिएकै दिन र समयमा गर्नेगरी तयारी पूरा गरेको बताए । उनले विद्यार्थीहरुलाई पनि तोकिएकै समयमा परीक्षा लिइने भन्दै त्यस बमोजिम तयारी गर्न आग्रह गरे ।

यता, जनकपुरधामस्थित ऐतिहासिक ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले परीक्षा बोर्डले तोकिएकै समयमा परीक्षा सञ्चालन हुनेगरी तयारी गरेपनि शिक्षक महासंघको निर्णय अनुसार आफूहरुको माग सरकारले पूरा नगरेसम्म कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने बताएका छन् ।

परीक्षा बोर्डले अभिमुखिकरण कार्यक्रमका लागि बोलाएतापनि आफूहरु नगएको उनले जानकारी दिए । सरकारले शिक्षकहरुको माग सम्बोधन गरे ७२ घण्टाभित्र परीक्षा संचालनको तयारी पूरा हुने उनको भनाई छ । परीक्षा समयमा नहुँदा विद्यार्थीहरुमा पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार नेपाल सरकार हुने उनले बताए ।

चुनावका बेला हरेक राजनीतिक दलहरुले शिक्षाको विषयलाई आफ्नो एजेन्डा बनाउने तर चुनाव जितिसकेपछि शिक्षालाई प्राथमिकता नदिने गरेको प्रधानाध्यापक झाको आरोप छ । तीन तहको सरकार आएतापनि कुन तहको काम के हो भन्ने अन्यौलताका कारण विद्यालय सञ्चालन गर्नै गार्हो भएको उनको भनाई छ । उनले परीक्षा केही दिन सर्न सक्ने संकेत गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...