शेयर बजारमा पहिरो : नेप्से ५४.६२ अंकले घट्यो
वि.सं.२०८१ चैत १० आइतवार
काठमाडौँ। आज नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक घटेको छ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्सको ४२ करोड ६ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३६ करोडको शेयर कारोबार भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक २.९९ प्रतिशत घटेको छ। ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर १७८ रुपैयाँ २० पैसा घटेर १ हजार ६०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। आज ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित समय : १६:४७ बजे






















