सेयर बजारमा दोहोरो अंकले गिरावट, कति भयो कारोबार ?
वि.सं.२०८१ फागुन २६ सोमवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।
उक्त दिन बजार २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।
बजारमा गिरावट पनि नेष्डो लघुवित्तको ९.९८ प्रतिशत, गार्डियन माइक्रो लाइफ इनस्योरेन्सको ८.७३ प्रतिशत, विन नेपाल लघुवित्तको ८.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रकाशित समय : १५:२७ बजे





















