back

विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा प्रदीप परियार नियुक्त

nactional life

काठमाडौं- दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त भएका छन् ।

विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो । यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ ।

परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनेछन् ।

दलित लाईभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवद्र्धन गर्ने अभियान हो, जसले विश्वभर न्याय, समता, समावेशीता, र दिगो विकासका लागि संघर्षरत विचार तथा प्रयाससँग सहकार्य गर्दै विश्वव्यापी प्रतिरोध निर्माण गर्ने लक्ष्य लिएको छ । यसै क्रममा परियारको नियुक्ति अभियानका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

परियारले विगत २० वर्षदेखि युवा, शान्तिनिर्माण, र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माणमा योगदान पु-याउँदै आएका छन् । उनी सन् २०२० मा विश्व आर्थिक मञ्चकै यङ्ग ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए ।

विश्व आर्थिक मञ्चमा ३६ विभिन्न विषयगत काउन्सिल छन्, जसमा सात सयभन्दा धेरै विज्ञहरू प्राज्ञिक क्षेत्र, व्यापार, सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिनिधित्व गर्दै आएका छन् । यी काउन्सिलहरू विश्वमा सकारात्मक परिवर्तन ल्याउने अवधारणाहरूको पहिचान र प्रसार गर्ने उद्देश्यले काम गर्छन् ।

परियारको नयाँ भूमिकाले सामाजिक न्याय र समानताका पक्षमा विश्वव्यापी अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...