back

यो बर्ष आँप र लिचिको उत्पादन बढ्ने अपेक्षा

रौतहट-  मधेस प्रदेशका आठ जिल्ला आँप र लिचिको लागि पकेट क्षेत्र मानिन्छ । विशेष गरि रौतहटमा आँप र लिचिको व्यवसायिक खेती हुने गर्दछ ।

तर फाल्गुनको पहिलो सातादेखि नै आँप र लिचिमा मोजर/मजुर(फूल) लाग्न थालेका छन् ।
चैतको मध्यसम्म टिकोरा (आँपको सुरूवाति अवस्था) चिचिला देखापर्ने गर्दछ । अहिले आँप र लिचीमा लागेको फूलले कृषक खुसी भएका छन् भने उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुवा नामको किराको संक्रमण हुने कृषक शम्भु यादवले बताए । यसका लागि होली सकिएपछि रोग र किराबाट जोगाउन औषधि छिर्ने तयारी थालिएको उनको भनाइ छ ।

उनले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’ आफूले १० कठ्ठामा आँपको बोट लगाएको र यस बर्ष राम्रो आम्दानी हुने विश्वास गरिएको उनको भनाइ छ ।

रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ । कृषि ज्ञान केन्द्र गौरका अनुसार आँप र लिचि मोजर हेर्दा उत्पादन बढने अपेक्षा गरिएयो बर्ष छ ।

nactional life
Corporatebazar 11 Anniversary

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

वि.सं.२०८२ चैत १९ बिहीवार ११:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा...

रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

वि.सं.२०८२ चैत ९ सोमवार १४:११

रौतहट । चैत ६ र ७ गते (शुक्रबार र शनिबार)...

फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

वि.सं.२०८२ चैत ७ शनिवार २०:०४

काठमाडौं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको...

‘पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

‘पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

वि.सं.२०८२ चैत ५ बिहीवार १६:२१

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले...

वडा र स्थानीयको प्रयासमा सडक किनार नै बन्यो बगैँचा

वडा र स्थानीयको प्रयासमा सडक किनार नै बन्यो बगैँचा

वि.सं.२०८२ चैत ५ बिहीवार १६:०३

रामेछाप । सामूहिक प्रयास गर्यो भने के हुँदैन ? जे...