back

१० वर्षदेखि गर्न नसकिएका कामहरु चार महिनामै सुरु भयो : अध्यक्ष डिसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगत १० वर्षदेखि गर्न नसकिएका कामहरु पछिल्लो चार महिनामा सुरु भएको बताएका छन् । शुक्रवार नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समारोहमा बोल्दै उनले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको जानकारी दिए ।

उनले भने,‘चलचित्र विकास बोर्डले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको छ । एक हप्ताको निर्णयमा हामीले भोगचलन गर्न पाउने गरी ल्याएका छौ । प्रकृयामा छौ । बनेपामा एउटा इनडोर स्टुडियोको काम पनि भइरहेको छ ।’ उनले सरकारी ४२ रोपनीको जग्गामा स्टुडियो बनाउन टेन्डर आब्हान गरेको जानकारी दिएका छन् । उनले टेन्डर एक महिनामा आउने र बैशाखमा काम सुरु गर्नेपनि बताए ।

उनले भने,‘सरकारले दिएको ४२ रोपनीको जग्गामा स्टुडियो बनाउन टेन्डर आब्हान गरेका छौं ।टेन्डर एक महिनामा आउँछ र बैशाखमा काम सुरु गर्छौ । आम चलचित्रकर्मीहरुको बीचमा निर्माता र वितरकको बीचमा भएका एक अर्काका शंकाहरु निवारण हुनेगरी काम गरिरहेका छौ । ऐनको कुरामा विकास वोर्डबाट सञ्चार मन्त्रालय, सञ्चारबाट अर्थ मन्त्रालय फेरी अर्थ मन्त्रालयबाट सञ्चार मन्त्रालय हुदैँ प्रधानमन्त्रीको हातमा पुगेको छ ।

आउँदो बजेटमा पास गर्नेछौ । विगत १० वर्षदेखिको अध्यक्षहरुले गर्छु भनेको गर्न नसकेको गर्न नदिइएको कामहरु गरेर चार महिनामा चलचित्र उद्योगका लागि सफलताको बाटोतर्फ धकेलेको छ।’नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गते देखि फागुन ११ गतेसम्म चल्नेछ । उक्त चलचित्र महोत्सवका आयोजक विलक्षण क्रिएसन प्रालि र सह–आयोजक चलचित्र विकास बोर्ड रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...