back

पीडित विद्यार्थी अनुहार छोपेर पत्रकार सम्मेलनमा, घट्नाको सत्यतथ्य छानविन गर्न माग

काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरुमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन् ।

उनीहरुले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए । सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरुले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्ने र पीडित विद्यार्थीहरुले न्याय पाउनुपर्ने माग राखे ।

लम्सालको शंकास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरुमाथि ज्यादति र अमानवीय व्यवहार भएको गुनासो गरेका हुन् । ‘पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरुले पनि कुटपिट गर्न थाले । जति छिटो आफ्नो देश गइहाल भने । आफ्नो देशमा गएर काम गर, खेत खनजस्ता कुरा भनियो,’एक पीडित विद्यार्थीले भने ।

साथै प्रकृतिको मृत्यपछि त्यहाँका शंकास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरुमाथि छानविन नभएको बताए । उक्त घटनाले नेपालीहरुको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको उनीहरुको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरुलाई भेटेर उनीहरुको पीडा सुनिदिनु पर्ने उनको माग छ । पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीले अनुहार छोपेर लम्सालको न्यायको माग गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...