back

प्रधानमन्त्री कार्यालयको मूल्यांकनप्रति मन्त्री दाहालको असन्तुष्टि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयले काम नै नगरेको भन्ने कुरा सही नभएको बताएका छन् ।

शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय-आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को बारेमा छलफलमा उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा सुधार गर्नुपर्ने भन्दै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक भएको बताए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ । त्यो पनि हामी सुझाव दिन्छौ । किनभने प्राविधिक तरिकाको मूल्यांकनले कुनैपनि कुराहरु हुदैँन् । जम्मा १९ वटा क्रियाकलाप मध्ये ८ वटा सुरु हुन लागेका छन्, तीन वटा सम्पन्न भए र ८ वटा चालू छन् ।

१९ वटामा ११ वटाको काम भएको छ भनेपछि त यसबीचमा लगभग ५७ प्रतिशत काम भएको थियो। समग्रलाई हेरेर महिना महिनामा निकाल्ने हो रहेछ । हरेक महिना काम भएको छ र काम हुने सन्दर्भमा प्रगति बढ्दै जान्छ । तर कुनै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक हो।’ यसको साथै, उनले मन्त्रालयबाट भएका कामहरुको विवरण प्रस्तुत गर्दै अवधीभित्र काम सकाउन नसक्नु भने कमजोरी भएको बताए ।

उनले भने, ‘ग्वार्को फ्लाईओभरको ८२ प्रतिशत काम भएको छ । माघ मसान्तसम्म काम सम्पन्न गर्न नसकेको हो । तर यसमा काम जिरो प्रतिशत भएको छ भन्ने होइन नि । त्यसैगरि सिद्धबाबा सुरुङ्मार्ग ११ सय २६ मिटर खन्ने काम सम्पन्न भएको छ । मध्यपहाडी, हुलाकी राजमार्ग, कालीगण्डकी करिडोर विभिन्न खण्डमा ५६ किलो मिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको रहेछ । ७८.५ किमी सम्पन्न भएको रहेछ ।

माघ १७ सम्ममा ३७ वटा सडक, पुल बनाउने भन्ने लक्ष्य राखेको रहेछ । त्यसमा ४१ वटा सम्पन्न भएको रहेछ । भनेपछि यसरी धेरै धेरै कामहरु पनि भएका छन् ।’ मन्त्रालयले धेरै कामहरु गरेको र काम गर्ने प्रयास गरेको भन्दै हतारमा होईन अध्ययन गरेर मात्र मूल्यांकन गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘एक दुईवटा कुरा स्वीकार गर्छौ । त्यसमा स्मार्ट लाईसेन्स् नौं लाख छापेर दिने भनेका रहेछौ तर त्यसमा १ लाख ६९ हजार ४ सय ३९ वटा मात्र दिन सकेको रहेछौ । यसमा कमजोरी भएको छ । काम गर्ने प्रयास गरेका छौ । मुग्लिन पोखरा जाने हो भने हामीलाई धन्यवाद दिनुपर्छ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...