back

कांग्रेस पदाधिकारी बैठक सुरू

काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारीको बैठक सुरू भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अगाडि बैठक सुरू भएको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि आह्वान गरिएको छ ।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि सोही विषयमा छलफलका लागि कांग्रेसले बैठक बोलाएको हो। प्रधानमन्त्रीले विश्वासको मत नलिई राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएपछि कांग्रेसले विरोध गरेको छ।

प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए।

उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो तर विश्वासको मत आउने अवस्था नरहेको भन्दै अर्को उपधाराअनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छन्।

राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन रहेकोमा एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन नसक्ने बताएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान फाल्ने षड्यन्त्र गरिरहेकोले लोकतन्त्र तथा संविधान रक्षाका लागि कांग्रेस अगाडि बढ्ने नेता पौडेल बताउँछन्।

कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न बैठक राखेको हो।

२०७८ जेठ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...