back

देशमा फेरी एउटा ठूलो आन्दोलनको आवश्यक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको बताएका छन् ।

आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न आउन थालेको बताए ।

उनले भने,‘मैले कहिलेकाहीँ के सोच्ने गरेको छु भने नेपालमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको हो कि क्या हो भन्ने मलाई सुद्ध लाग्न थाल्यो भनेपछि । किनकी कसैले भनेको नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने, स्थानीय तहलाई बलियो बनाउनपनि नमान्ने भनेपछि त के देशले फेरी अर्को आन्दोलन खोजेको हो त?जनतामा फेरी अर्को असन्तुष्टि बढेको बढ्यौं छ ।

निराशा बढेको बढ्यौं छ । अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न अब विस्तारै मानिसहरुको मनमा यो आउँदैछ । अहिले म त्यो निष्कर्षमा पुगे भन्ने होईन त्यो अर्थ नलागोस्, तर जनतामा देखिएको निराशा, युवामा देखिएको फ्रस्टेशनले त्यो सबै हेर्दा र नेतृत्व हेर्दा यो सरकार पनि संविधानसंवत नै छैन ।’

उनले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार भएको आरोप लगाए । सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उनको आरोप छ ।

उनले भने,‘यो संविधान मिचेर बनेको सरकार हो यो । राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो । लोकतान्त्रिक पनि छैन ।त्यसैले लोकतन्त्रको मर्म विपरित पनि आएको छ यो । यसले संविधानलाई कहिँ न कहिँ कर्नरमा पार्न खोजेको छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

वि.सं.२०८३ साउन २१ बिहीवार १३:४४

काठमाडौं । प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने...

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०५

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य...

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

वि.सं.२०८३ साउन २० बुधवार १७:१२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

वि.सं.२०८३ साउन २० बुधवार १४:०४

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी...

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...