back

कोभिड विरुद्धको लडाईमा नेपाललाई तिब्बत सरकारको साथ, दियो ३० मेट्रिक टन लिक्विड अक्सिजन

काठमाडौं। तिब्बत सरकारले नेपाललाई १ सय ५० वटा लिक्विड अक्सिजन सिलिन्डर सहयोग गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई सहयोगको रुपमा ३० मेट्रिक टन अक्सिजन बराबरको सिलिन्छ भठाएको हो । यसबाट ४० केजी बराबरको ६ हजार वटा सिलिन्डर भर्न सकिन्छ। यस्तै तिब्बत सरकारले २ सय थान इन्टेन्सिभ केयर युनिट (आइसीयू) ५ थान भेन्टिलेटर र १० थान कन्सेन्ट्रेटर दिने प्रतिबद्धता जनाएको छ। तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिड सम्बन्धी कार्गो बिना झन्झट नेपाल पठाउने बताएको छ ।

नेपाली महावाणिज्य दूतावासले उक्त कार्गो मुभमेन्टको निरन्तर ट्रयाकिङ र तिब्बत सरकारका पदाधिकारीसँग सम्पर्क गरिरहेको सहसचिव नवराज ढाकालले बताए।

यसैगरी सनसी कम्पनीले ३० वटा अक्सिजन र कन्सन्ट्रेटर सहयोग गरेको छ। यी सामाग्रीलाई सिल्क ट्रान्सपोर्टले ल्हासादेखि काठमाडौंसम्म निःशुल्क ढुवानी गर्नेछ। यस्तै गुडविल फाउन्डेसन तिब्बतले आगामी हप्ता ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने जनाएको छ।

यसैगरी निजी क्षेत्रबाट झिकाइएका कोभिडविरुद्धका स्वास्थ्योपचारजन्य सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने चरणमा छन ।
अक्सिजन उताबाट नेपालका लागि प्रस्थान गरेको छ भने शुक्रबार बेलुका खासा क्षेत्रमा आइपुग्ने छ।

२०७८ जेठ ६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...