४ सयले बढ्यो सुन
वि.सं.२०७८ जेठ ६ बिहीवार
काठमाडौँ । बिहिबार छापावाला सुन प्रतितोला ४ रुपैयाँले बढेको छ । आज सुन तोलामा ४ सयले बढेर प्रतितोला छापावाल सुनको भाउ ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रकाशित समय : ०७:५४ बजे