back

इ स्पोट्र्सको नेसनल च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

काठमाडौं । ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ ।

च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको ई स्पोर्ट्स संघ नेपालले जनाएको छ ।

च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराइने छ ।

इ फुटबलमा २ हजार ५ सय १९ जनाले नाम दर्ता गराएका छन् । यसैगरी पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २ सय ८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ ।

नेपाल प्लेजमा एमडी उज्जेन लाल श्रेष्ठले सबै विधामा गरेर ११ हजार पाँच सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएको बताए । त्यसमा टिमको रुपमा गणना गर्दा भने ४ हजार भन्दा बढी टिम हुनेछ ।

च्याम्पियनसिपको क्वालिफायर राउण्डका खेलहरु माघ १४ देखि १८ गतेसम्म (जनवरी २७–३१) सम्म हुनेछ । यसैगरी समूह चरण र प्लेअफका खेलहरु माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २–१४) सम्म हुनेछ । क्वालिफायर र प्लेअफका खेलहरु अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) हुनेछ ।

च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रुपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ ।

अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी हुनेछन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा ५ जना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । ई फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ४–४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरुले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।

च्याम्पियनसिपको कुल प्राइज पुल २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

हरेक इभेन्टको पुरस्कार राशी फरक हुनेछ । जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन् ।

यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन् ।

भ्यालोरेन्टमा ३ लाख, इ फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इ फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउनेछन् भने इ फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।

पछिल्लो समय नेपालमा इ–स्पोट्र्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनससिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अन्जन धमलाले बताए । अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलाल श्रेष्ठले जानकारी दिएका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५१

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४७

काठमाडौं । भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा...

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४५

काठमाडौं । नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ ।...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:२५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...