back
himalayan life

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।

सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारीहरू राजनीतिक दल, भ्रातृ सङ्गठनमा आबद्ध हुन नपाइने जनाएको छ ।

सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, सङ्गठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भातृ सङ्गठन, राजनीतिक दलको जन वर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध भई सङ्गठनको सदस्यता लिएको वा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा कानुन बमोजिम कारबाही हुने समेत मन्त्रालयले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...