back

‘इनाेभेसन डे’ घोषणा गर्दै इसेवा १६ औं वर्षमा प्रवेश, के छ थप सुविधा ?

काठमाडौं । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरु थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिवद्धताका साथ आफ्नो १६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।

‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौं मानिसहरुलाई सहज वित्तीय सेवाहरुको पहुँच पुर्याउँदै आइरहेको इसेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको बताएकाे छ ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट,बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजी लोन,इस्पिकर,मर्चेन्ट लिङक जस्ता सुविधाहरु दिँदै आइरहेको छ ।

लाइनबाट अनलाइनसम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् ।

करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाख भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसै गरि इसेवाको २ लाख ६८ हजार भन्दा बढी एजेन्ट र ४ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु रहेका छन् ।

 

इसेवाले आगामी दिनहरुमा आफ्नो सेवाहरु विस्तार गर्ने योजनाहरु बनाइरहँदा आफ्नो प्रयोगकर्ताहरुको आवश्यतालाई मध्यनजर गर्दै नयाँ फिचरहरु ल्याउनुको साथै तिनको स्तरउन्नतिमा समेत कार्यरत रहने प्रतिवद्धता रहेको इसेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन्।

साेहि क्रममा इसेवाले हालसालै ल्याएको नयाँ फिचर हो फाइनान्स ३६० (Finance360), यसको साथ ग्राहकहरुले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरु हेर्न सकिन्छ । यो फिचरमा कुन कार्यमा के कति खर्च भयो,कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरु रहेको छ । यस फिचरको साथ इसेवा प्रोगकर्ताहरुलाई आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनिकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन् ।

 

त्यसैगरी,इसेवाले आफ्नो ग्राहकहरुको दैनिक वित्तीय व्यवस्थापन सहजताका लागि इसेवा क्यालेन्डर सुबिधा पनि ल्याएको छ। यस सेवा अन्तर्गत इसेवा क्यालेन्डरमा आफ्नो भुक्तानीहरु अग्रिम टिपोट गरि राख्न सकिन्छ र इसेवा क्यान्डरमा गई सजिलै आफ्ना आर्थिक कारोबारहरु जाँच तथा व्यवस्थापन गर्न सकिन्छ । पहिला शेड्यूल पेमेन्टमा गई सम्पूर्ण भुक्तानी खोज्नु पर्थ्याे भने इसेवा क्यालेन्डरको मद्दतले ग्राहकहरुले आफुले गरेको भुक्तानी तथा आर्थिक कारोबारहरु सजिलै क्यालेन्डरमा गई हेर्न मिल्नेछ ।

यस्तै,यस क्यालेन्डरमा इसेवा मार्फत आफुले गरेको टिकट, होटल, फ्लाइट बुकीङ जस्ता कारोबारहरु पनि देखिनेछ । यो सँगै ग्राहकहरुले निश्चित समयमा नियमित गरि रहने बिजुली, खानेपानी जस्ता भुक्तानीहरु पनि यस क्यालेन्डरमा देखिने छ जसले गर्दा ग्राहकहरुको कुनै पनि भुक्तानी तथा इभेन्टहरु छुट्ने छैन ।

यति मात्र नभई इसेवा क्यालेन्डरमा ग्राहकहरुले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादी जस्ता व्यक्तिगत इभेन्टहरु पनि अग्रिम टिपोट गर्न सक्नेछन् ।

इसेवा क्यलेन्डर इसेवा एप भित्र रहने छ भने ग्राहकहरुको सहजताको लागि ग्राहकहरुले आफ्नो मोबाइलको विजिट (Widgets)मा पनि सेट गर्न मिल्नेछ । यी नयाँ सेवाहरुले ग्राहकहरुलाई थप सुविधाजनक वित्तीय सेवाहरु प्रदान गर्ने र आर्थिक उत्थानमा टेवा पुर्याएर वित्तीय सवामेशीकरण तर्फ सधैँ सबैलाई सँगै लिएर अगाडि बढ्ने कुरामा समेत विश्वास रहेको कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५१

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४७

काठमाडौं । भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा...

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४५

काठमाडौं । नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ ।...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:२५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...