साताको दोस्रो कारोबार दिन शेयर बजार राताम्मै, कारोबार रकममा केही सुधार
वि.सं.२०८१ पुस २९ सोमवार
साताको दोस्रो कारोबार दिन शेयर बजार राताम्मै, कारोबार रकममा केही सुधार
काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ को बिन्दुमा रोकिएको छ ।
आज ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ६३ कम्पनीको शेयर मूल्य बढ्दा १७५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी, ५ कम्पनीको शेयर मल्य स्थिर रहेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड २५ लाख ५१ हजार बढी संकलन भएको छ ।
यस्तै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख, हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख, सिन्धु विकास बैंकको १३ करोड ३३ लाख, सानिमा मिडल तमोर १२ करोड ९९ लाख, सुपर मादीको ११ करोड ५८ लाख, तारागाउँ होटलको १० करोड ६८ लाख, रिभर फल्स पावरको १० करोड ५३ लाख र हिमालयन रिइन्स्योरेन्सको १० करोड १५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
प्रकाशित समय : १५:१७ बजे





















