back

कृषि अनुदानका लागि पाँच वर्षमा १ खर्ब, सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षको अवधिमा एक खर्ब बढी अनुदान दिएको छ ।

आइतबार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७६–७७ देखि गत आर्थिक वर्ष २००–१ सम्म आइपुग्दा सो बराबरको अनुदान दिएको हो ।

मन्त्रालयका अनुसार १ खर्ब ७ अर्ब ६६ अर्ब २७ करोड ८९ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ । सो अवधिमा प्रत्यक्ष र अप्रत्यक्ष गरि दुई प्रकारको अनुदान प्रवाह भएको हो ।

प्रत्यक्ष तर्फ कृषि मन्त्रालय अन्तर्गन संचालित स्वदेशी तथा विकास साझेदारहरुको सहकार्यमा संचालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकम मार्फत कृषि सहकारी, कृषि समूह तथा फार्मलाई वितरण गरिएको अनुदान हो । त्यसमा कुल २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ खर्चिएको मन्त्रालले जनाएको छ ।

यता, अप्रत्यक्षतर्फ भने अनुदानित रासायिनक मल छ । त्यसका लागि ८७ अर्ब ३७ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदान दिइएको कृषि मन्त्री रामनाथ अधिकारीले बताए । उनका अनुसार प्रत्यक्ष ५ वटा आयोजनाबाट अनुदान रकम प्रवाह भएका छन् । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १ लाख ४१ शहजार ६७० वटा कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरुलाई ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ प्रवाह भएको छ ।

यस्तै, रानी जमरा गलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ आयोजनाबाट भने २१ हजार ४५० कृषि सहकारी, कृषि समूह, कृषि फर्महरु मार्फत भने १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ ।

मन्त्री अधिकारीका अनुसार कषि क्षेत्रका विकास कार्यक्रमका लागि ८० करोड १९ लाख ६१ हजार रुपैयाँ रकम प्रवाह भएको छ । कार्यक्रम तर्फ २७ हजार ६५० कृषि, सहकारी, कृषिसमूह तथा कृषि फर्महरु छन् ।

यस्तै, नेपाल लाइभस्ट इनोभेसन आयोजनामा ११ हजार १५० वटालाई १ अर्ब ९२ करोड ७५ लाख १३ हजार, खाद्यय तथा पोषण सुधार आयोजनामा १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ अनुदान भएको छ ।

यस्तै, मन्त्रालले स्टार्टअप ग्रान्टका कार्यहरु रहेकोमा लाभग्राहि छनौट र अन्य प्रक्रियागत ढिलाईका कारण चालु आवको हालसम्म २२६ कृषकलाई १ करोड ४६४ लाख ४८ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ ।

त्यसैगरि उखू कृषक प्रोत्साहन अनुदानमतर्फ ४ अर्ब ७ करोड २४ लाख २० हजार, कृषि बीमाको प्रिमियम अनुदान तर्फ ५० करोड ४८ लाख ८२ हजार, पशुपन्छी तथा मत्स्य बीमाको प्रियिमम अनुदान तर्फ ५ खर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएका छन् ।

१२ सय २३ कृषि सहकारी, समूह तथा फर्महरु मार्फत २ अर्ब १० करोड २६ लाख रुपैयाँ अनुदान प्रवाह भएको छ । यसमा प्रदेश तथा स्थानीय सरकारबाट प्रवाह भएका सशर्त अनुदानको विवरण भने समावेश नगरिएको मन्त्रालयले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...