नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ पुस २४ बुधवार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले ९४ हजार ४३५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरलाई दिइएको छ ।
शेयरधनी बाहेक अन्य लगानीकर्ताले यो पटकको लिलामीमा आवेदन दिन पाउने छैनन् । संस्थापक शेयरधनीबाट आवेदन नआएमा मात्रै उक्त शेयर अन्य व्यक्ति, संस्था वा कम्पनीहरुले आवेदन दिन सक्ने छन् ।
प्रकाशित समय : १०:४७ बजे





















