साताको पहिलो कारोबार दिन सामान्य अंकले बढ्यो नेप्से
वि.सं.२०८१ पुस २१ आइतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंक बढेर २५९१.५६ विन्दुमा रोकिाएको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँबराबरको ९३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रिन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.८८ प्रतिशत घटेको छ। त्यसैगरी, आत्मनिर्भर लघुवित्त र जानकी फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै, रिभरफल्स पावरको १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेको छ।
प्रकाशित समय : १५:२३ बजे





















