back

राष्ट्र बैंकले आज पनि ४० अर्ब रुपैयाँ खिच्ने

nactional life

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले बैंकिङ्ग प्रणालीबाट निरन्तर तरलता खिच्न थालेको छ।

पुस १७ गते, बुधबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ४० अर्ब खिच्न लागेको हो।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंकहरुले आज मध्यान्ह २ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन् भने बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते गरिने केन्द्रिय बैंकले जनाएको छ।

सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्नेछ। अहिले पनि बैंकहरुले खासै कर्जा लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। प्रणालीमा तरलता सन्तुलन राख्न केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नुपरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ जेठ १८ सोमवार १७:५३

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा...

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

वि.सं.२०८३ जेठ १८ सोमवार १६:३९

नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता...

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु...

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३०

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई...

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

वि.सं.२०८३ जेठ १८ सोमवार १०:२२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी...