back

उपहार कुपन नतिजा सार्वजनिक: प्रथमलाई स्कुटर,३० जनालाई इलेक्ट्रिक जग

प्रथम बिजेताले इलेक्ट्रिक स्कुटर, द्धितीय हुने २ जनाले ल्यापटप, तेस्रो हुने तीन जनाले स्मार्ट फोन, चौथो हुने चार जनाले जुस मिक्स्चर, पाँचौं हुने पाँच जनाले भ्याकुम क्लिनर, छैंटो हुने ६ जनाले इलेक्ट्रिक आइरन उपहार पाएका छन् ।

काठमाडौं । नेकपा एमालेनिकट स्थानीय तह कर्मचारी संघ, नेपालले सञ्चालन गरेको उपहार कुपनमा ३० जनाले इलेक्ट्रिक जग उपहार पाएका छन् ।

संस्थाले हालै सार्वजनिक गरेको उपहार कुपन नतिजा घोषणा कार्यक्रममा पुरस्कारलाई ७ वर्गमा विभाजन गरिएको महासचिव शम्भु बरालले बताए । उनका अनुसार पारदर्शी ढंगले ‘कम्प्युटराइज्ड’ पद्धतिबाट उपहार नतिजा सार्वजनिक गरिएको हो । दशैं, तिहार, छठ पर्वका साथै नेपाल सम्वतको समेत अवसरमा संस्थाले उपहार कुपन काटेको थियो । १५ हजार थान कुपन वितरण भएको उपहार कुपन कार्यक्रमकी संयोजक तथा संस्थाकी उपाध्यक्ष जानुका श्रेष्ठले बताइन् ।

प्रथम बिजेताले इलेक्ट्रिक स्कुटर, द्धितीय हुने २ जनाले ल्यापटप, तेस्रो हुने तीन जनाले स्मार्ट फोन, चौथो हुने चार जनाले जुस मिक्स्चर, पाँचौं हुने पाँच जनाले भ्याकुम क्लिनर, छैंटो हुने ६ जनाले इलेक्ट्रिक आइरन उपहार पाएका छन् ।

औपचारिक रुपमा नै उपहार घोषणा गरिएको कार्यक्रमका प्रमुख अतिथि पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालका साथै विशिष्ट अतिथि र अन्य अतिथिले ‘कम्प्युटराइज्ड’ पद्धतिबाट भाग्यशाली बिजेताको नम्बर सार्वजनिक गरेका थिए ।

ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले स्थानीय तहका कर्मचारीमाथि सरकारले भेदभाव गरेकामा गुनासो गरेका थिए । उनले सरकारले बनाउने कानुनमा स्थानीय तहका कर्मचारीको भावना समेट्न सरकारलाई आग्रह गरे ।

‘राजनैतिक अधिकारसहितको ट्रेड युनियन अधिकार, संघीयतामा अधिकारसम्पन्न संवैधानिक स्थानीय सरकार’ भन्ने मूलनाराका साथ संस्थाको स्थापना भएको हो । संस्थाले आफूसँग सरोकार रहेको विविध विषयमा पटक पटक अन्तरक्रिया तथा छलफलसमेत गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...