लगातार ३ दिनको ओरालो यात्रापछि २८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम भने सामान्य घटयो
वि.सं.२०८१ पुस ८ सोमवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।
लगातार ३ दिनको ओरालो यात्रापछि सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार मापक परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा रोकिएको छ ।
नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। कारोबार अवधिभर ३२८ कम्पनीको ८९ लाख ८ हजार ८१५ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँमा किनबेच भएको छ ।
हाइड्रोपावर र उत्पादन तथा प्रशोधन क्षेत्रमा लगानीकर्ता आकर्षित देखिएका छन् ।
सोमबार १९४ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ ।
आज कारोबार रकमको आधारमा भने मोलुङ्ग हाइड्रोपावर अगाडि देखिएको छ । सुपर मादी हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसतै, बाराही हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, युनिलिभर नेपाल लगायत कम्पनीको शेयर मूल्य बढेको छ ।
यतामानुषी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक पिपुल्स पावर, आत्मनिर्भर लघुवित्त लगायत कम्पनीको मूल्य पनि घटेको छ ।
प्रकाशित समय : १५:१७ बजे





















