१ सय प्रतिशत हकप्रद जारी गर्दै पाँचथर पावर
वि.सं.२०८१ पुस ३ बुधवार
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
पुस २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर १ को शेयर अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १२:१९ बजे





















