back

क्रेटाको ‘ईभी’ भर्सन एक महिनाभित्रै आउने

काठमाडौं । भारतको सबैभन्दा लोकप्रिय एसयुभी हुण्डाई क्रेटा अब छिट्टै विद्युतीय स्वरुप बजारमा आउने भएको छ । अबको एक महिनापछि दिल्लीमा आयोजना हुने ‘भारत मोबिलिटी एक्पो’मा यो गाडी राखिने भएको छ ।

हुन्डाईले भारतको उत्पादन गृहबाट सबैभन्दा पहिलो विद्युतीय स्वरुप बनाउन लागेको एसयूभी ‘क्रेटा हो’ । कम्पनीले आफ्नो सर्वाधिक सफल मोडल क्रेटालाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको हो ।

हुन्डाईले त्यही मितिबाट भारतमा बिक्री सुरु गर्ने क्रेटा ईभी माघ अन्तिमसम्म भने नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यसको धेरै जानकारी हुन्डाईले अहिलेसम्म बाहिर ल्याएको छैन । तर, जनवरी १७ अर्थात् माघ ४ गते सार्वजनिक गर्ने घोषणा भने गरेको छ ।

डिजाइनको मामिलामा आईसीई (खनिज इन्धनमा आधारित) गाडीभन्दा क्रेटा इभी केही भिन्न देखिने छ । यसमा अगाडी र पछाडीको बम्पर नयाँ आउने र नयाँ ग्रील (बुट्टा), ईभीका लागि तयार पारिएको विशिष्ट एलोय ह्वील (टायर बाहेकको पांग्रा) जस्ता कयौँ परिवर्तन देख्न पाइने छ । त्यस्तै इन्टेरियर सुविधाहरु पनि थपिने बताइएको छ ।

यसअघि सार्वजनिक भएको रिपोर्ट अनुसार यो मिड–साइज एसयूभीमा ६० किलोवाट आवरको ब्याट्री प्याक रहने छ । यसलाई एक पल्ट फूल चार्ज गरेपछि ५०० किलोमिटर कुद्ने बताइएको छ । साथै, यसमा १०० किलोवाटको मोटर रहनेछ ।

नयाँ क्रेटाको बाहिरि हिस्सामा ‘अल–एलईडी लाइटि’, रूफ रेल, एलईडी लाइट बार तथा पानारोमिक सन–रूफ रहनेछ । यस गाडीमा १०.२५ इञ्चको डुअल स्क्रिन, इलेक्ट्रॉनिक पार्किङ्ग ब्रेक, ड्राइभ मोड, डुअल–ज़ोन क्लाइमेट कंट्रोल, भेन्टिलेटेड फ्रन्ट सीट, रीजन सेटिङ्ग्सका साथै प्याडल शिफ्टर्स र ३६० डिग्री क्यामेरा समेत जडान गरिएको हुनेछ ।

फेसलिफ्ट क्रेटा २०२४ मा आधारित रहेर बजारमा आउने इलेक्ट्रीक मोडलको अगाडि भने फरक डिजाइन रहने अनुमान गरिएको छ । नयाँ क्रेटा ईभीमा स्टेरिङ पनि फरक उपलब्ध हुनेछ ।

सुरक्षा प्रबन्धका हिसाबले पनि नयाँ क्रेटा ईभीमा ६ वटा एयर ब्याग, ईबीडीको साथ एबीएस प्रणाली, रिभर्स पार्किङ सेन्सर एवम् लेबल २ एडास शुट समेत उपलब्ध हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...